May 12th, 2019

आरम्भ माइक्रोफाइनान्सद्धारा रक्तदान कार्यक्रम सम्पन्न

बैंकिङ खबर । आरम्भ माइक्रोफाइनान्सले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा–१० जनागल केन्द्रीय कार्यालयको प्राङ्गणमा “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ रगत नपाएर छट्पटिएका ब्यक्तिहरुको जीवन रक्षाको निमित्त रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

यस संस्थाद्वारा आयोजित उक्त रक्तदान कार्यक्रममा संस्थाका कर्मचारीहरु, ग्राहक सदस्यहरु, अभिभावकहरु र सर्वसाधारणहरु गरी ४० जनाको उपस्थिति रहेको थियो । उक्त उक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी बनेपाले प्राविधिक सहयोग प्रदान गरेको थियो ।

२८ गते सुकेट शाखाबाट वृहत सरसफाई कार्यक्रम र २९ गते वाहुनीपाटि शाखाबाट विउ वितरण कार्यक्रम हुने जानकारी गरीयो ।

हालसम्म संस्थाले १५ वटा जिल्लाहरुमा २० वटा शाखा कार्यालयहरुको सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।