शेयर बजार ५ अंकले घट्यो, ९४ करोडको कारोबार

बैंकिङ खबर । आज बिहीवार शेयर बजार ५.६४ अंकले घटेर १,२९१.९६ अंकमा कायम भएको छ । निर्जीवन बीमा समुह र उत्पादनमुल बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ५३ अंकले घटेको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ५५ अंकले घटेर २ सय ७६ दशलमव ५२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

दिनभरिमा १ सय ७४ वटा कम्पनीको ३५ लाख ८५ हजार ६ सय ९ कित्ता शेयर ६ हजार ८ सय ३७ पटक खरिदविक्री हुँदा ९४ करोड ७३ लाख ४७ हजार ७ सय ७६ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सानिमा बैंक प्रोमोटर शेयरको ३२ करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी सिवम् सिमेन्टको ५ करोडमाथिको कारोबार भएको छ । नेको इन्स्योरेन्सको ४ करोड रुपैयाँको कारोबार भएको छ । एनएमबि बैंक, कृषि विकास बैंक, सगरमाथा इन्स्योरेन्स र एनसीसी बैंकको ३ करोडभन्दा बढीको कारोबार भएको छ । प्राइमर इन्स्योरेन्स र नेपाल बैंकको २ करोडमाथिको कारोबार भएको छ । मेगा बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

सगरमाथा इन्स्योरेन्स र नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले सबैभन्दा धेरै ८ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी प्रोग्रेशिभ फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *