बैंकिङ खबर । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था संस्थाको वामी शाखा कार्यालय गुल्मीको आयोजनामा गुल्मीदरबार गाउँपालीका वडा नं. २ मजुवामा १ दिने व्यवसायीक तरकारी खेती सम्पन्न गरेको छ । आफ्ना सदस्यहरुलाई व्यवसायीक बनाउनका लागि आफ्ना शाखाहरु मार्फत व्यवसायीक सिप विकास तालिमहरु सञ्चालन गरेको हो ।
सदस्यहरुलाई कर्जासँगसँगै कर्जा लाई सदुपयोग गर्नका लागि संस्थाले सदस्यको माग र बजार अनुसारका तालिमहरु सञ्चालन गर्दै आईरहेको छ । ५० जनाको सहभागिता रहेको तालिमको सहजिकरण कृषि प्राविधिक अरुण विष्टले गरेका थिए ।
उक्त कार्यक्रममा गुल्मी दरबार गाउँपालीका वडा नं. २ का अध्यक्ष हरिहर गौतमले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सहभागिहरुलाई अनुरोध गरे । साथै, तालिम पश्चात सकेसम्म व्यवसायीक नै बन्न र नभएपनी आफुलाई चाहीने उत्पादन आफै गर्नसक्नुपर्ने विषयमा जोड दिए ।
गौतमले सिवाईसीले ऋणको मात्र कारोवार नगरी यस्ता खालका उद्यमशिलता निर्माण सम्वन्धि तालिम सञ्चालन गर्नु प्रशंसनीय रहेको बताए। कार्यक्रममा गौरीशंकर सहकारी संस्थाका अध्यक्ष दुर्गामणी गौतमले मन्तव्य राखे ।