अमेरीकामा २४ प्रतिशत नागरिक बैंकिङ पहुँच बाहिर

बैंकिङ खबर / अमेरीकी सरकारले वित्तीय साक्षरताको नीतिलाई फोकस गर्ने भएको छ । पछिल्लो समयमा गरिएको एक सर्बेक्षणले वित्तीय साक्षरतामा नागरिकहरु पछि परेको तथ्य सार्वजनिक भएपछि अमेरीकी सरकारले वित्तीय साक्षरतालाई जोड दिएको हो । अमेरिकाको झन्डै दुई तिहाई जनसंख्याले वित्तीय साक्षरतासम्बन्धी सामान्य प्रश्नको पनि जवाफ दिन नसक्ने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार, उनीहरुलाई व्याजदरको सामान्य हिसाब पनि गर्न आउँदैन । फिन्रा फाउन्डेसनले गरेको नेशनल क्यापेबिलिटी स्टडीले यस्तो देखाएको हो । फिन्राले २७ हजार पाँच सय ६४ जना अमेरिकीहरुको टेस्ट लिएको थियो ।

हालै ठूलो वित्तीय संकट पार गरेको अमेरिकामा अझै पनि अफ्रिकी अमेरिकी जनता, महिला तथा केही पिछडीएका वर्ग लगायत केही जनसंख्याले उच्च शिक्षा नपाएका कारण उनीहरुमा वित्तीय साक्षरताको कमी भएको बताइएको छ । अध्ययनका अनुसार, अमेरिकाका ५७ प्रतिशत युवाहरु वित्तीय रुपमा साक्षर छन् । झन्डै एक चौथाई अमेरिकी परिवारको त बैंकमा बचत नै नरहेको पाइएको छ ।

अमेरिकाजस्तो विकसित र शक्तिशाली मुलुकमा समेत वित्तीय साक्षरताको यो अवस्था हुनुलाई एउटा ठूलो समस्याको रुपमा हेरिएको छ । यद्यपि, पछिल्लो समय यो अवस्थामा सुधार हुँदै गएको छ । एजेन्सीहरुको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *