बैंकिङ खबर । ४० करोड अधिकृत पूँजी र २४ करोड २० लाख चुक्ता पूँजी भएको लक्ष्मी लघुवित्त वित्तीय संस्थाले रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको हर्षाहमा नयाँ शाखा विस्तार गरेको छ । लघुवित्तले २ नं प्रदेशको सवै जिल्लामा आफ्नो उपस्थिती कायम गरेको छ । वित्तीय संस्थाको संचालक समितिका अध्यक्ष जिवन प्रकाश लिम्बु र वृन्दावन न.पा.का मेयर राम स्नेही राय यादवले उक्त नयाँ शाखाको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले संस्थाको कारोबारलाई थप प्रविधी मैत्री बनाउदै ब्यवशाय विस्तार, गुणस्तरीय सेवा, नियमनकारी निकायको नीति निर्देशनको अनुपालन एवम् ग्राहक सन्तुष्टीलाई ध्यान दिदै भविष्यमा ग्राहकले रोजेको लघुवित्तको रुपमा संस्थालाई स्थापित गर्ने धारणा राखे ।
समुद्घाटन कार्यक्रममा बोल्दै, ृन्दावन न.पा.का मेयर यादवले लक्ष्मी लघुवित्तको सफलताको शुभकामना व्यक्त गर्दै गरीव, विपन्न तथा पिछडिएको वर्गलाई विना धितो कर्जाको माध्यमबाट उनीहरुको जीवनस्तरमा सकारात्मक सुधार ल्याउन लघुवित्त संस्थाहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने कुरा बताए ।
साथै, लक्ष्मी लघुवित्तले स्थानीय स्तरमा आफ्नो छविलाई उच्च कायम राख्दै, कार्यक्रम विस्तार गर्दा स्थानीय निकायसंग आवश्यक समन्वय गर्नुपर्ने जस्ता कुराहरुमा समेत जाड दिए ।
समुद्घाटन कार्यक्रममा वोल्दै संस्थाका सञ्चालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुले संस्थालाई लघुवित्तको क्षेत्रमा छुट्टै पहिचान स्थापित गराउने सोच अनुरुप लक्ष्मी बैंकको तर्फबाट आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय सहयोग प्रदान भइरहेको, लक्ष्मी बैंकको सेवा सुविधाहरु लघुवित्तको शाखाहरुबाट समेत प्रदान भैरहेको र ग्राहकहरुलाई क्रमशः आधुनिक प्रविधी युक्त सेवा सुविधा प्रदान गर्न तर्फ समेत आवश्यक काम भइरहेको बारे जानकारी गराए ।
हालसम्म संस्थाले ४९ वटा जिल्लामा शाखा संजाल बिस्तार गरि ग्रामीण, पिछडिएको, बैकिङ्ग पहुँचबाट टाढा रहेका ग्राहक वर्गहरुलाई लक्षित गर्दै ७६ हजार ग्राहक वर्गलाई लघुवित्त कार्यक्रममा समेटेको छ । संस्थाले आफ्नो सदस्यहरुबाट १ अर्व १८करोड निक्षेप संकलन गरीे ३ अर्ब ४३ करोड कर्जा लगानी गरेको छ ।