May 8th, 2019

शेयर बजार सामान्य अंकले घट्यो, ५० करोडमाथिको कारोबार

बैंकिङ खबर । बुधबार शेयर बजार ३.६८ अंकले घटेर १,२९७.६० अंकमा कायम भएको छ । ट्रेडिङ, उत्पादनमुलक र अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै होटल समुह ३२ अंकले घटेको छ ।

दिनभरिमा १ सय ७५ वटा कम्पनीको १९ लाख ७ हजार ७ सय ८३ कित्ता शेयर ६ हजार ७ सय ६५ पटक खरिदविक्री हुँदा ५० करोड ७९ लाख ३४ हजार ९ सय १९ रुपैयाँको कारोबार भएको छ ।

सिभिल बैंकको सबैभन्दा धेरै ५ करोडमाथिको कारोबार भएको । मेगा बैंक र सिवम् सिमेन्टको ४ करोडभन्दा बढीको कारोबार भएको छ । नागरिक लगानी कोषको ३ करोडको कारोबार भएको छ भने एनसीसी बैंकको २ करोडको कारोबार भएको छ । कृषि विकास बैंक, एनएमबि बै.क र नेपाल लाइफ इन्स्योरेन्सको १ करोडको कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालय डिस्टिलरीका शेयरधनीले १ण् प्रतिशतका दरले कमाएका छने भने मल्टिर्पोज फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]