Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

कालिका लघुवित्तद्धारा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

२०७६ बैशाख २५ गते

बैंकिङ खबर । कालिका लघुवित्त वित्तीय संस्थाले स्याङ्जामा रहेका दुई वटा शाखा कार्यालयहरुमा केन्द्र प्रमुखहरुको गोष्ठी सम्पन्न गरेको छ । पुतलीबजार नगरपालिका वडा नं. ११मा रहेको शाखा कार्यालय हेलुमा संस्थाको सञ्चालक समिति सदस्य नित्यानन्द तिवारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

४२ वटा केन्द्रका केन्द्र प्रमुख तथा उपप्रमुखहरुको उपस्थिति रहेको कार्यक्रममा सदस्यहरु संगको अन्तरक्रिया कार्यक्रमको सहजिकरण संस्थाका योजना तथा अनुगमन विभाग प्रमुख याम प्रसाद अर्याल र कर्जा तथा जोखिम व्यवस्थापन विभागका प्रकाश बहादुर बोगटीले गरेका थिए ।

कार्यक्रमको उद्देश्यबारे सहायक प्रमुख कार्यकारी अधिकृतले प्रष्ट पारेका थिए ।

वालिङ नगरपालिका वडा नं. ८ स्थित होटल डेजीमा शाखा कार्यालय वालिङमा पनि वित्तीय साक्षरता सहित गोष्ठी सम्पन्न भएको छ । संस्थाका सञ्चालक समितिअध्यक्ष कृष्ण खाँणको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरा, आरएमडिसी लघुवित्त वित्तीय संस्थाका आन्तरिक लेखा परिक्षण विभाग प्रमुख बासुदेव लामिछाने, सूचना तथा प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत मिनिबहादुर बोहराले सदस्यहरुको क्षमता अभिबृद्धिको लागि सदस्यहरुकै माग अनुसारले विभिन्न सीपमुलक तालिमहरु, अवलोकन भ्रमणहरु लगायतका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर आगामी योजनाहरु बनाउँदै लैजाने बताए ।

वित्तीय अनुशासन, संस्थाका नयाँ नीती तथा ग्राहक संरक्षण कोष कार्यविधिको बारेमा जानकारी तथा अन्तरक्रिया कार्यक्रम तथा सदस्यहरुको सुझाव एवं गुनासोहरुको विषयमा कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले सहजिकरण गरेका थिए ।

Ad