बैंकिङ खबर । वोमी लघुवित्त वित्तीय संस्थाले दुई दिने सहजकर्ताको क्षमता अभिबृद्धि गर्ने आवासिय तालिम सम्पन्न गरेको छ । उक्त तालिम कार्यक्रममा विभिन्न जिल्लामा रहेको शाखा कार्यालयहरुमा कार्यरत २७ जना सहजकर्ताहरुको सहभागिता रहेको थियो ।
उक्त तालिम कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य, संस्थाका का.मु. नायव महाप्रबन्धक रविन्द्र तिमल्सेना, कर्जा तथा अनुगमन प्रमुख निरा अधिकारी, प्रशासन प्रमुख घनश्याम भट्टराई र लेखा विभाग प्रमुख हरि प्रसाद सिग्देल ले सहजिकरण गरेका थिए ।