बैंकिङ खबर । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको बागलुङ शाखा कार्यालय सिमलटारीको आयोजनामा क्रिस्टल गहना निर्माण र व्यवसायीक च्याउ खेती तालिम सञ्चालन भएको छ ।
सदस्यहरुलाई ऋण लगानीका सँगसँगै व्यवसायीक तथा सिप विकास तालिमहरुबाट उद्यमशिलता विकासका कार्यहरुलाई अगाडि बढाउने उद्देश्यका साथ संस्थाले आफ्ना शाखाहरु मार्फत तालिमहरु सञ्चालन गरिरहेको हो ।
मालिका गाउँपालीका वडा नं. ८ मा सञ्चालीत कार्यक्रमको उद्घाटन मालीका गाउँपालीका वडा नं. ८ का वडा अध्यक्ष टिकावहादुर जिसीले गरे । कार्यक्रममा बोल्दै जिसीले महिलाहको आर्थिक विकास नभएसम्म देशको समृद्धी असम्भव रहेको बताए । उनले महिलाहरुको आर्थिक शशक्तिकरणका लागि वित्तीय संस्थाहरुले ऋण मात्र प्रदान गरेर नहुने बताउँदै यस्ता खालका सिप विकास तालिमहरु प्रदान गर्नुपर्ने कुरामा जोड दिए ।
उक्त तालिममा क्रिस्टल गहना निर्माणको प्रशिक्षण संस्थाका कर्मचारी अस्मीता घर्ति र व्यवसायीक च्याउ खेती सम्वन्धि तालिमको प्रशिक्षण यामवहादुर रानाले गरेका हुन् । तालिममा ६० जनाको सहभागिता रहेका छन् ।