Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एनएमबि माईक्रोफाईनान्सकोे त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न

२०७६ बैशाख २४ गते

बैंकिङ खबर । एनएमबि माईक्रोफाईनान्स वित्तीय संस्थाले शाखा प्रवन्धक स्तरिय २ दिने त्रैमासिक समिक्षा, आ.व.२०७६/०७७ को योजना तर्जुमा गोष्ठी तथा शाखा ब्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

त्रैमासिक समिक्षा, योजना तर्जुमा गोष्ठी तथा शाखा ब्यवस्थापन तालिममा खाडिचौर अनुगमन स्टेशन, ढल्केवर अनुगमन स्टेशन, गोपेटार अनुगमन स्टेशन र दव्रेवास अनुगमन स्टेशन अन्तगर्तका ४७ वटा शाखाका ४७ जना शाखा प्रवन्धकहरु सहभागि थिए ।

कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्साल, जोखिम ब्यवस्थापन विभाग प्रमुख सुर्य प्रसाद उपाध्याय, कर्जा विभाग प्रमुख चन्दन कुमार सरदार, वित्त ब्यवस्थापन विभाग प्रमुख कृष्ण प्रसाद गैह्रे र अनुगमन अधिकृत चार जना क्रमशः लंक बहादुर वम, प्रकाश रावल, पुरन चन्द्र चापागाई र कृष्ण प्रसाद नेपालले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

सो अवसरमा शाखाको यस आर्थिक वर्ष २०७५/०७६ तेस्रो त्रैमास सम्मको प्रगति समिक्षा, आगामी आर्थिक वर्ष २०७६÷०७७ को रणनीति तथा लक्ष्य निर्धारण, शाखा ब्यवस्थापन, शाखा व्यवस्थापनमा शाखा प्रवन्धकको भूमिका, भाखा नाघेको कर्जा ब्यवस्थापन, लघुवित्त संचालनका क्रममा आइपरेका समस्याको समाधान, कर्जा लगानी ब्यवस्थापन, आन्तरिक नियन्त्रण र आन्तरिक लेखा परिक्षण प्रणाली, अनुगमनका क्रममा देखिएका कैफियतहरु र ग्राहक सदस्यहरु संग गर्ने व्यवसायिक व्यवहार र सम्बन्ध लगायत विषयवस्तुमा प्रशिक्षण दिएको थियो ।

हालसम्म संस्थाले ५६ जिल्लामा १ सय वटा शाखा विस्तार गरी करिब १ लाख विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गदै आएको छ ।

Ad