May 6th, 2019

शेयर बजार दोहोरो अंकले बढ्यो, ६३ करोडमाथिको कारोबार

बैंकिङ खबर । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से २१ दशमलव ७३ अंकले बढेर १,२९९.४१ अंकमा कायम भएको छ । अन्य बाहेक सबै उपसुचकहरु बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुहको ७५ अंकले बढेको छ ।

दिनभरिमा १ सय ७२ वटा कम्पनीको २० लाख ७५ हजार ४० कित्ता शेयर ८ हजार ५६ पटक खरिदविक्री हुँदा ६३ करोड ३६ लाख ५३ हजार ५ सय २९ रुपैयाँको कारोबार भएको छ । शिवम् सिमेन्टको सबैभन्दा धेरै ४ करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी, जनता बैंक,नेपाल बैंक र एनएमबि बैंकको ३ करोडमाथिको कारोबार भएको छ भने प्रभु बैंक र नेको इन्स्योरेन्सको २ करोड रुपैयाँको कारोबार भएको छ । एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

साल्ट ट्रेडिङ र मल्टिर्पोज फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै पाँचथर पावरका शेयरधनीले ६ प्रतिशतका दरले गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]