Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरे लघुवित्तद्धारा त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न

२०७६ बैशाख २३ गते

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले अत्तरिया क्षेत्रीय कार्यालय कैलाली मातहतका २१ वटा शाखाको आ.ब.२०७५०७६ को तेश्रो त्रैमासीक व्यवसायिक प्रगति समिक्षा गोष्ठी तथा शाखा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष टेक बहादुर बोहराले गरे ।

मिर्मिरेको क्षेत्रीय कार्यालय अत्तरियाको आयोजनामा सम्पन्न उक्त २ दिने कार्यक्रममा क्षेत्रीय कार्यालय अत्तरिया मातहतका शाखाहरुको चालु आर्थिक बर्षको चैत्र मसान्तसम्मको प्रगति समिक्षा कार्यक्रम तथा आगामी आर्थिक बर्ष २०७६ ७७ को लागी शाखाहरुको अनुमानित व्यवसायिक योजना तर्जुमा सम्बन्धी प्रारम्भिक छलफल समेत भएको थियो ।

कार्यक्रममा कार्यकारी अधिकृत बोहराले जोखिम व्यवस्थापन सम्बन्धि र क्षेत्रीय कार्यालय अत्तरियाका क्षेत्रीय उप प्रमुख सुशील कुमार बूढाको उदघोषण रहेको कार्यक्रमको व्यवस्थापन संयोजन अनुगमन अधिकृत सुरेश बहादुर खड्काले गरे ।

कार्यक्रमले सहभागीहरुलाई ग्रामीण लघुकर्जा बिमा सम्बन्धि कार्यसम्पादन गर्न दक्ष तुल्याउनुका साथै चालु आर्थिक बर्षको बाँकी समयको कार्यसंचालन रणनीति बारे स्पष्ट दिशा निर्देश गरेको छ ।

५७ वटा शाखा मार्फत देशका ७ वटै प्रदेशमा लघुवित्त सेवा प्रवाह गरिरहेको मिर्मिरे लघुवित्तले जोखिम व्यवस्थापन गर्दै मुख्य रुपमा कार्यक्रमको गुणस्तर अभिबृद्धितर्फ बिशेष रणनीति तर्जुमा गरि कार्यान्वयन गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बोहराले बताए ।

Ad