बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा २८ करोड ५५ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा संस्थाले २३ करोड ५९ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
ब्याज आम्दानी
चालु आर्थिक वर्षको ९ महिनामा लघुवित्तले खुद ब्याज आम्दानीम २२ दशमलव ९४ प्रतिशतले बढेर ७६ करोड ९० लाख २४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले ६२ करोड ५४ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बचत तथा कर्जा
चालु आर्थिक वर्षको समिक्षा अवधिमा लघुवित्तले ७ अर्ब ७६ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरेर १३ अर्ब १३ करोड ४९ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
चैत मसान्त सम्म यस लघुवित्तको चुक्ता पुँजी ६२ करोड ८८ लाख ८८ हजार रुपैयाँ रहेको छ । जगेडा कोष २१ दशमलव १४ प्रतिशतले बढेर ९८ करोड ७९ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाको जगेडा कोषमा ८१ करोड ५५ लाख १६ हजार रुपैयाँ रहेको थियो ।
सूचकहरु
प्रतिसेयर आम्दानी २ रुपैयाँले घटेर ६० रुपैयाँ ५३ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ५३ पैसा थियो छ । प्रतिसेयर नेटवर्थ २ सय ५७ रुपैयाँ १० पैसा रहेको छ । खराब कर्जा ०.१ प्रतिशतले ले घटेर ०.९२ प्रतिशतमा आइपुगेको छ । गत वर्ष यसै अवधिमा खराब कर्जा १.०२ प्रतिशत रहेको थियो ।