Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिथिला लघुवित्तले दियो फिल्ड सहायक कर्मचारीलाई तालिम

२०७६ बैशाख १९ गते

बैंकिङ खबर । मिथिला लघुवित्त वित्तीय संस्थाले आफ्ना फिल्ड सहायक स्तरका कर्मचारीहरुका लागि बैशाख १७ र १८ गते दुई दिने फिल्ड ब्यवस्थापन तालिम दिएको छ । धनुषाको लालगढ स्थित लालगढ कुष्ठरोग अस्पतालको तालिम हलमा आयोजित तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले उद्घाटन गरेका थिए ।

आफ्ना सहायक स्तरका कर्मचारीहरु मध्यपहिलो चरणमा चैत्र ३ र ४ मा २३ जनालाई तालिम दिएको संस्थाले दोश्रो चरणमा २२ जना सहायक कर्मचारीहरुलाई तालिम दिएको हो ।

चालु आर्थिक बर्षमा सबै कर्मचारीहरुलाई एक चरणको तालिमप्रदानगरिएको र अझै आबश्यकताअनुसार तालिमदिंदै जाने संस्थाको उद्धेश्य रहेको प्रमुखकार्यकारी अधिकृत राउतले बताए ।

विभागिय प्रमुख रेशम प्रसाद वास्तोलाले संचालन गरेको तालिममा श्रोत ब्यत्तिहरु सत्यदेव राउत, महेश कुमार चौधरी, रेशम प्रसादवास्तोला र रामानन्दयादवले समुहप्रवेश पुर्व तालिम संचालन, केन्द्र बैठक ब्यवस्थापन तथा संचालन, कर्जा विश्लेषण लगाएत समसामयिक विभिन्न िवषयहरुमाथि प्रशिक्षण दिएका थिए ।

Ad