May 2nd, 2019

शेयर बजार सामान्य अंकले घट्यो, ५८ कम्पनीका शेयरधनीले कमाए

बैंकिङ खबर । विहीबार शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से ४.२१ अंकले घटेर १,२९४.३९ अंकम कायम भएको छ । होटल,निर्जीवन बीमा समुह र उत्पादनमुल बाहेकस सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह १८ अंकले घटेको छ ।

दिनभरिमा १ सय ७० कम्पनीको १८ लाख ३ हजार २६ कित्ता शेयर ७ हजार ८ सय ९८ पटक खरिदविक्री हुँदा ५८ करोड ७८ लाख ५५ हजार १ सय १३ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ४ करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र सिभिल बैंकको २ करोडमाथिको कारोबार भएको छ । छिमेक लघुवित्त, सानिमा माई हाइड्रोपावर, ओरेन्टल होटल, एनएमबि बैंक,एनआईसी एशिया बैंक र अपर तामाकोशी हाइड्रो पावरको क्रमशः १ करोड भन्दा माथिको कारोबार भएको छ ।

हिमालयन डिस्टीलरीका शेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशतका दरले कमाएका छन् । शिवमे सिमिेन्ट र युनिभर्सल पावरका शेयरधनीले ४ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै युनाइटेट मोदी हाइड्रोका शेयरधनीले ५ प्रतिशतका दरले गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]