बैंकिङ खबर । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले अर्घाखाचि को फुदवाङ्ग शाखा कार्यालय अन्तर्गतका समुह अध्यक्षहरुको वित्तिय साक्षरता तालिम कार्यक्रम तथा प्रथम वार्षिक कार्यशाला गोष्ठी कार्यक्रम सन्धिखर्क नगरपालिकामा सम्पन्न गरेको छ । कार्यक्रममा ६८ वटा समुह अध्यक्षहरुकोउपस्थिति रहेको थियो ।
संस्थाका कर्जा तथा अनुगमन विभाग प्रमुख तथा कार्यक्रमका प्रमुख अथिति अर्जुन प्रसाद लम्सालले संस्थाको सेवा सुविधाहरु एवं कर्जा तथा बचतका प्रकारहरुको बारेमा जानकारी दिनुका साथै सहभागिहरुको अन्तरक्रिया एवं छलफलमा सहजिकरण गरेकाले सदस्यहरुको शसक्तिकरणका साथै, सामाजिक र आर्थिक सवलिकरणको लागि संस्थाले काम गर्दै जाने बताए ।
सामाजिक उत्तरदायि भएर वित्तीय पहुँच घरघरमा पुर्याउनको लागि कर्मचारीहरुलाई निर्देशन एव सदस्यहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा बजारमा लघुवित्त वित्तीय संस्थाहरु धेरै भएको अवस्थामा रोजेर छानेर र होसियार भएर मात्र सदस्य बन्न एवं बनाउनकोलागि अनुरोध गरेका थिए । उनले सदस्यहरुको जिज्ञासालाई सम्बोधन गर्दै उपस्थित सदस्यहरुको भुमिका र जिम्मेवारी अझ बढ्दै गएकोले उक्त कुरामा विशेष ध्यान दिनको लागि कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
उक्त कार्यक्रममा शाखा प्रबन्धक खुमानन्द पोखरेल स्वागत मन्तव्य शाखा कार्यलयको वर्तमान अबस्था कर्जा सदुपयोगिता बचत महत्व तथा फाइदाको बारेमा स्पष्ट पादै समुह अध्यक्षहरु जिम्मेवार भएमा समुह सधै राम्रो हुने बताउनु भयो ।
कार्यक्रम कमला खत्रि क्षेत्रिको सभापतित्व प्रमुख अथिति अर्जुन प्रसाद लम्साल तथा शाखा प्रबन्धक खुमानन्द पोखरेलको स्वागत मन्तव्य र विवेक जोशिको सन्चालनमा सम्पन्न भएको थियो ।
ग्राहक तथा कर्मचारी प्रतिज्ञा सहित शुरु भएको कार्यक्रममा उत्कृष्ट चार वटा समुहहरु तथा एक जना सफल व्यबसायीलाई प्रसंशा पत्र सहिर्त पुरस्किृत गरिएको थियो ।
संस्थाले १५वटा जिल्लााम ३९ वटा शाखा मार्फत झण्डै ३१हजार घरधुरीलाई प्रत्यक्ष रुपमा वित्तीय सेवा पुर्याइरहेको छ ।