बैंकिङ खबर । कालिका लघुवित्त वित्तीय संस्थाले स्याङ्जाको मालुङ्गा शाखा कार्यालय अन्तर्गतका केन्द्र प्रमुख उप प्रमुखहरुको वार्षिक कार्यशाला गोष्ठी कार्यक्रम गल्याङ नगरपालिकामा सम्पन्न गरेको छ । कार्यक्रममा ४६ वटा केन्द्रका केन्द्र प्रमुख,उप प्रमुखहरुको उपस्थिति रहेको थियो ।
संस्थाका कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले संस्थाको नयाँ सेवा सुविधाहरु एवं कर्जा तथा बचतका प्रकारहरुको बारेमा जानकारी दिनुका साथै सहभागिहरुको अन्तरक्रिया एवं छलफलमा सहजिकरण गरेका थिए ।
प्रमुख अतिथि एवं अध्यक्ष खाँणले सदस्यहरुको शसक्तिकरण मात्र हैन सामाजिक र आर्थिक सवलिकरणको लागि संस्थाले काम गर्दै जाने बताए । अध्यक्ष खाँणले सामाजिक उत्तरदायि भएर वित्तीय पहुँच घरघरमा पुर्याउनको लागि कर्मचारीहरुलाई निर्देशन एव सदस्यहरुलाई आग्रह गरेका थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले कार्यक्रममा बजारमा लघुवित्त वित्तीय संस्थाहरु धेरै भएको अवस्थामा रोजेर छानेर र होसियार भएर मात्र सदस्य बन्न एवं बनाउनकोलागि अनुरोध गरेका थिए । उनले सदस्यहरुको जिज्ञासालाई सम्बोधन गर्दै उपस्थित सदस्यहरुको भुमिका र जिम्मेवारी अझ बढ्दै गएकोले उक्त कुरामा विशेष ध्यान दिनको लागि कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
कर्मचारीहरुले प्रतिज्ञा गरि सदस्यहरुले स्वालम्बन गाना सहित शुरु भएको कार्यक्रममा उत्कृष्ट चार वटा केन्द्रहरुलाई नगद सहित पुरस्किृत गरेका थिए भने संस्थालाई निरन्तर सहयोग गरिरहने पाँच जना सदस्यहरुलाई प्रसंशा पत्र वितरण गरिएको थियो ।
संस्थाले २५ वटा जिल्लााम ७० वटा शाखा मार्फत झण्डै ४० हजार घरधुरीलाई प्रत्यक्ष रुपमा वित्तीय सेवा पुर्याइरहेको छ ।