April 30th, 2019

लघुवित्त क्षेत्रमा मर्जर कति सम्भव: साना किसान र ग्रामीण विकास लघुवित्तबीच मर्जरको चर्चा

बैंकिङ खबर । लघुवित्त वित्तीय संस्थाहरुको मर्जरको चर्चा चलेसँगै साना किसान विकास लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाबीच मर्जरको चर्चा चलेको छ । लघुवित्तको विशेष स्रोतले दिएको जानकारी अनुसार सोमबारदेखि यी दुई लघुवित्तको मर्जरको चर्चा चलेको हो ।

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका मार्फत चुक्ता पूँजी पु-याउन नसक्ने लघुवित्त संस्थाहरुलाई फोर्स मर्जरमा पठाउने तयारी गरीरहेको चर्चा भइरहेका बेला यी दुई संस्थाको मर्जरको विषयपनि अगाडी बढेको बताइएको छ । लघुवित्तको विशेष स्रोतका अनुसार दुवै लघुवित्तबीच मर्जर गर्ने विषयमा अनोपचारीक रुपमा छलफल सुरु भएको हो ।

अहिले १ सय भन्दा बढी लघुवित्त कम्पनीहरु पुग्न थालेका छन् । सबै लघुवित्तले काम गर्ने क्षेत्र एउटै भएकाले अस्वस्थ्य प्रतिस्प्रधा हुन सक्ने सम्भावना बढेको छ । त्यसैले लघुवित्तहरुको क्षमता बढाउन राष्ट्र बैंकले मर्जरमा जान प्रेरित गर्न सक्छ । त्यसका लागि यी दुई लघुवित्तलाई मर्जरमा लगेर अन्य लघुवित्तलाई प्रोत्साहन गर्ने सम्भावना पनि उत्तिकै छ । सोही अनुसार ग्रामीण विकास लघुवित्त र साना किासन विकास लघुवित्त वित्तीय संस्थाबीच मर्जरको सम्भावनाका विषयमा अनौपचारीक छलफल सुरु भएको बताइएको छ ।

अहिले ग्रमीण विकास लघुवित्त वित्तीय संस्थाको ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी छ भने साना किसान विकास लघुवित्त वित्तीय संस्थाको ७८ करोड ६० लाख ३४ हजार ९ सय १० रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा नेपाल सरकारको ३० दशमलाव १६५ प्रतिशत, नेपाल राष्ट्र बैंकको ३ दशमलाव ०५३ प्रतिशत, नेपाल बैंकको २ दशमलव ९०२ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २ दशालव २९५ प्रतिशत सहति अन्य केही वाणिज्य बैंक लगायत अन्य कम्पनीहरुको शेयर स्वामित्व छ । सर्वसाधारणको ३० दशालव ०९२ प्रतिशत शेयर रहेको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थामा कृषि विकास बैंकको २२ दशालव ०३ प्रतिशत, नेपाल बैंकको १ दशालव २१ प्रतिशत, नविल बैंकको ३ दशालव ०४ प्रतिशत र २ सय ३१ साना किसान सहकारी संस्थाहरुको ४३ दशालव ६५ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै सर्वसाधारणको ३० दशालव ०७ प्रतिशत शेयर लगानी रहेको छ ।

यसरी यी दुवै लघुवित्तमा सरकार कुनै न कुनै रुपमा प्रवद्र्धकको रुपमा रहेको छ । त्यसैले अन्य लघुवित्तलाई फोर्सफुल मर्जरमा जान प्रोत्साहन गर्नका लागि दुवै कम्पनी मर्जरमा गएमा सकारात्मक सन्देश दिनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]