यस साता नेपाल स्टक एक्सचेन्जमा ६ अर्ब ८६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । साताभरमा १ सय ४९ वटा कम्पनीको ९२ लाख ४५ हजार ७ सय ३० कित्ता शेयर २९ हजार ८ सय १२ पटक खरिदविक्रि हुँदा कुल ६ अर्ब ८६ करोड ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा १५.२९ प्रतिशतले बढी हो । गत साता १ सय ४८ वटा कम्पनीको १ करोड ३ लाख ६६ हजार ९ सय कित्ता शेयर २७ हजार ६ सय ३४ पटक खरिदविक्रि हुँदा ५ अर्ब ९५ करोड ५१ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
साताको नेप्से परिसुचक पहिलो दिनको तुलनामा ८३.५६ अंकले बढेर अन्तिम दिन १५६६.७० अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिनको तुलनामा १८.५१ अंकले बढेर ३३८.८२ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।
यस साता कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ जसको रकम रहेको ७९ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी सानिमा बैंकको ५३ करोड ८८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४४ करोड १५ लाख रुपैयाँ, सिटिजन्स बैंक इन्टरनेशनल बैकको ३२ करोड २९ लाख रुपैयाँ र हिमालयन जनरल इन्स्योरेन्सको २३ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा नेपाल बंगलादेश बैंकको अग्रस्थानमा रहेको छ जसको १० लाख २१ हजार कित्ता शेयर खरिद बिक्रि भएको छ । त्यसैगरी कारोबार संख्याको आधारमा २ हजार ६ सय ६९ वटा कारोबार हुदै नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ ।
शिखर इन्स्योरेन्सको बोनस शेयर १० लाख ११ हजार ७५ कित्ता, हामा मर्चेन्ट एण्ड फाइनान्सकोे बोनस शेयर २ लाख १० हजार कित्ता, लुम्विनी जनरल इन्स्योरेन्सको बोनस शेयर ३ लाख ८१ हजार २ सय ५१ कित्ता, ओरियण्टल होटल्सको बोनस शेयर ११ लाख १६ लाख ७ सय ६१ कित्ता, मुक्तिनाथ विकास बैंकको बोनस शेयर १९ लाख ८४ लाख ७७ कित्ता, कन्काई विकास बैंकको बोनस शेयर २५ लाख कित्ता, त्रिवेडी विकास बैंकको बोनस शेयर ७ लाख ९९ हजार २ सय ९२ कित्ता र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको बोनस शेयर ११ लाख ३३ हजार ७ सय २२ कित्ता नेप्सेमा सुचीकृत भएको छ ।