Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वरोजगार लघुवित्तको नाफा ५८ प्रतिशतले बढ्यो

२०७६ बैशाख १६ गते

बैंकिङ खबर । २६ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजी भएका स्वरोजगार लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा ४ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा ५८ दशमलव ६३ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा नाफा २ करोड ६६ लाख कमाएको थियो ।

बचत तथा कर्जा
चालु आर्थिक वर्षको ९ महिनामा लघुवित्तले निक्षेपमा १ अर्ब ११ करोड ३५ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा २ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको सोहि अवधिको तुलनाभन्दा ४० दशमलव ६० प्रतिशतले बढेको छ ।

खुद ब्याज आम्दानी
लघुवित्तको खुद ब्याज आम्दानी ५० प्रतिशतले बढेर १३ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४६ दशमलव ३४ प्रतिशतले बढेर ६ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

सूचकहरु
प्रतिशेयर आम्दानी वार्षिक २० रुपैयाँ ९४ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ३२ रुपैयाँ २१ पैसा , तरलता अनुपात ७ दशमलव ४३ प्रतिशत, निष्कृय कर्जा अनुपात शुन्य दशमलव ८८ प्रतिशत र जोखिम युक्त सम्पत्ति १३ दशमलव ३६ प्रतिशत रहेको छ ।

Ad