Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वाभिमान माइक्रोफाइनान्सले पायो आईपीओ निष्काशन अनुमति

२०७६ बैशाख १६ गते

बैंकिङ खबर । स्वाभिमान माइक्रोफाइनान्सले आईपीओ निष्काशनको अनुमति पाएको छ । माइक्रोफाइनान्सले धितोपत्र बोर्डबाट जारी पूँजीको ३२ दशमलव ११ प्रतिशत बराबरको साधारण शेयर (आईपिओ) जारी गर्न अनुमति पाएको हो।

माइक्रोफाइनान्सले जारी पूँजीको ३२ दशमलव ११ प्रतिशत बराबरको शेयर जारी गर्नेछ । जसअनुसार एक करोड ९८ लाख रुपैयाँ बराबरको एक लाख ९८ हजार ६ सय १० कित्ता आईपिओ बिक्रीमा आउनेछ ।

आईपिओ निष्काशनका लागि माइक्रोफाइनान्सले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

Ad