बैंकिङ खबर । ग्रामीण्ँ विकास लघुवित्त वित्तीय संस्था प्रधान कार्यालय, बुटवलको आयोजनामा Developing Leadership Skills and Positive Attitude through Personal and Professional Excellence विषयक तालिम वैशाख १३ र १४ गते बुटवलमा सम्पन्न भएकोे छ ।
नेपाल प्रशासनिक प्रशिक्षण केन्द्रका पूर्व सिनियर डाइरेक्टर डा. केदार रायमाझी स्रोत व्यक्ति रहेका उक्त तालिमको उद्घाटन तथा समापन संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले गरेका थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कार्कीले कार्यक्रममा बोल्दै, कर्मचारीहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि र व्यक्तित्व विकासमा यस प्रकारका तालिमले मद्दत् पु-याउने हुदा संस्थाको कामकारवाहीलाई प्रभावकारी बनाउन तालिम उपयोगि हुने विचार व्यक्त गरे ।
दुई दिनसम्म सञ्चालित उक्त तालिममा Positive Attitude for Personal Transformation , Leadership Competencies, Motivation and Performance, Self Awareness Vs Life Skills / Stress Management लगायतका विषय वस्तु समेटिएको थियो ।