April 25th, 2019

बैंक डुवाउने भेटवालनै : खुल्ला मञ्च विक्रि गर्ने नाइके

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा कालोसूचि सँगै जेल चलान भएका मनोजकुमार भेटवाल खुल्लामञ्चमा घर बनाएर भाडा लगाउने डनका रुपमा देखा परेका छन् । उनलाई काठमाडौं महानगरपालिकाले अनुमति दिएरै यो काम गरेको हुनुपर्छ । तर घटना बाहिर आएपछि महानगरले चोखिने प्रयास गरेको छ । भेटवाल जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स नामक ठेकेदार कम्पनीका संचालक हुन् ।

पाँच करोड अग्रीम भुक्तानी लिएर मनोजकुमार भेटवालको स्वच्छन्द बिल्डर्सले खुल्लामञ्चको सार्वजनिक जग्गामा ४० वटा सटर निर्माण गरिसकेको छ । जहाँ एउटा सटर बराबर बर्षमा ११ लाख रुपैयाँ लिने गरीएको छ । विल्डर्सका अनुसार खुलामञ्चबाट मासिक १५ लाख भाडा संकलन हुँदै आएको छ । प्रहरीले डेढ अर्ब रुपैयाँ घोटालाको आरोपमा भेटवाललाई भने पक्राउ गरिसकेको छ । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा कर्मचारीसँगको मिलोमतोमा कमसल जग्गा धितो राखेर उनले बैंक डुबाएका थिए । एपेक्स बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा मर्जर हुने सहमति भएपछि अनियमित तरिकाले कर्जा प्रवाह गरिएको थियो । यही घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ले भेटवाललाई पक्राउ गरिसकेको छ । विवादित छविका भेटवाल प्रभु बैंक, एनआईसी एसिया बैंक लगायतको कालो सूचिमा छन् । भेटवाल नेपाल क्रेडिट एण्ड कमर्स बैंकको पनि कालो सूचिमा छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]