शेयर बजार दोहोरो अंकले बढ्यो, ९५ करोडमाथिको कारोबार

बैंकिङ खबर । बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से १९.१४ अंकले बढेर १,२७९.२९ अंकमा कायम भएको छ । हाइड्रोपावर र उत्पादनमुल बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै होट समुह ६०.११ अंकले बढेको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ४ दशमलव ८० अंकले बढेर २ सय ७६ दशलमव ९४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

दिनभरिमा १ सय ७२ वटा कम्पनीको ३४ लाख ८ हजार ३ सय ७४ कित्ता शेयर ९ हजार ६ सय ९ पटक खरिदविक्री हुँदा ९५ करोड ३ लाख ४ हजार ४ सय १० रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको सबैभन्दा धेरै ९ कारोडमाथिको कारोबार भएको छ । त्यसैगरी ग्लोबल आईएमइ बैंकको ७ करोड भन्दा बढीको कारोबार भएको छ ।

एनआईसी एशिया र प्रभु बैंकको ६ करोडभन्दा बढीको कारोबार भएको छ भने जनता बैंकको ५ करोडमाथिको कारोबार भएको छ । एनएमबि बैंक, प्राइम कमर्सियल बैंक र एनसीसी बैंकको ३ करोडमाथिको कारोबार भएको छ । त्यस्तै कृषि विकास बैंकको २ करोडको कारोबार भएको छ भने छिमेक लघुवित्तको १ करोड, ८८ लाख ५४ हजार ३ सय ५८ रुपैयाँको कारोबार भएको छ ।

एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्त, सहयोगी विकास बैंक, मेगा बैंक, प्रभु बैंक प्रोमोटर शेयरका शेयरधनीले ६ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, ग्लोबल आईएमइ बैंक, गण्डकी विकास बैंक, प्राइम कमर्सियल बैंक लगायतका शेयरधनीले कमाएका छन् ।

राधि विद्युत कम्पनी, सिभिल लघुवित्त, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, आरम्भ माइक्रोफाइनान्स, जानकि फाइनान्स, अपि पावर कम्पनी, युनाइटेट मोदी हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स, माउन्टेन हाइड्रोपावर लगायतका शेयरधनीले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *