बैकिङ खबर । मङगलबार शेयर बजार सामान्य अंकले बढ्को छ । ३.७४ अंकले बढेर १,२६०.६८ अंकमा कायम भएको छ । बैंकिङ, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा समुह र उत्पादनमुलक बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह २२.२२ अंकले घटेको छ ।
दिनभरिमा १ सय ७६ वटा कम्पनीको १८ लाख १ हजार ५ सय २२ कित्ता शेयर ६ हजार ६ सय ६ण् पटक खरिदविक्री हुँदा ६१ करोड ४१ लाख ४७ हजार ४ सय ११ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै छिमेक लघुवित्त र नेपाल बैंकको ४ करोडमाथिको कारोबार भएको छ ।
त्यसैगरी,एनएमबि बैंक, एनआईसी एशिया बैंक र छिमेक लघुवित्त प्रोमोटर शेयरको सबैभन्दा धेरै २ करोडमाथिको कारोबार भएको छ । नविल बेंक प्रोमोटर शेयर, एभरेष्ट बेंक, प्रभु बैंक र नेपाल लाइफ इन्स्योरेन्सको १ करोडमाथिको कारोबार भएको छ ।
एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्स, राद्यी विद्युत कम्पनी, उन्नती माइत्रलोफाइ, युनिलिभर नेपाल सिन्धु विकास बैंक, गरिमा विकास बैंक, रिडी हाइड्रोपावर लगायतका शेयरधनीले कमाएका छन् ।
घलेम्दी हाइड्रो, भार्गव विकास बैंक, अरुन कावेली पावरका शेयरधनीले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएका छन् । सिनर्जी पावर, नविल समृद्धि फण्ड, कालिका लघुवित्त लगायतका शेयरधनीले गुमाएका छन् ।