April 23rd, 2019

गणपति माइक्रोफाइनान्सले कमायो २ करोड २३ लाख मुनाफा

बैंकिङ खबर । ७ करोड रुपैयाँ चुक्ता पुँजी भएको गणपति माइक्रोफाइनान्स वित्तीयले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा २ करोड २३ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ६४ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

बचत तथा कर्जा
चालु आर्थिक वर्षको ९ महिनामा गणपति माइक्रोफाइनान्सले निक्षेपमा २० करोड ८० लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ७७ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा कर्जा ७३ दशमलव ११ प्रतिशतले वृद्धि गरेको हो । भने निक्षेपमा १ सय ११ प्रतिशतले वृद्धि गरेको हो ।

ब्याज तथा आम्दानी
चालु आर्थिक वर्षको चैत सम्ममा लघुवित्तले ४ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ सय ७३ दशमलव ३३ प्रतिशतले बढी हो । संचालन मुनाफा २ करोड ६० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संचालन मुनाफा ६५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

सुचकहरु
गणपति माइक्रोफाइनान्सको जोखिम युक्त सम्पत्ति १० दशमलव ६६ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ९७ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]