April 22nd, 2019

नेप्से ७.२६ अंकले घट्यो, १ अर्बमाथिको कारोबार

बैंकिङ खबर । सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से ७.२६ अंकले घटेर १,२५६.९४ अंकमा कायम भएको छ । ट्रेडिङ, निर्जीवन बीमा समुह, उत्पादनमुलक र जीवन बीमा समुह बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै होटल समुह २४.९७ अंकले घटेको छ ।

दिनभरिमा १ सय ६८ वटा कम्पनीको ३२ लाख २२ हजार २ सय ५६ कित्ता शेयर १० हजार ८ सय ३६ पटक खरिदविक्री हुँदा १ अर्ब ३ करोड ७६ लाख ४३ हजार २ सय ९१ को कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ९ करोड माथिको कारोबार भएको छ ।

त्यसैगरी सिभिल बैंक, प्रभु बैंक, एनआईसी एशिया बैंक, नेको इन्स्योरेन्स, एनएमबि बैंक र एभरेष्ट बैंकको क्रमश ३ करोडमाथिको कारोबार भएको छ । नेपाल बङलादेश बैंक र नविल बैंक प्रोमोटर शेयरको २ करोडभन्दा बढीको कारोबार भएको छ ।

सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले ९ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आईएमई लघुवित्त, युनिलिभर कम्पनी, सिर्जना फाइनान्स, तारागाउँ रेजेन्सी, प्राइम लाईफ इन्स्योरेन्स, सिटिजन्स म्युचल फण्ड, नाडेप लघुवित्त लगायतका शेयरधनीले कमाएका छन् ।

माउन्टेन हाइड्रो नेपालका शेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशतले गुमाएका छन् । त्यसैगरी नेपाल एसबिआई बैंक, नेशनल हाइड्रोपावर, हिमालयन बैंकले ४ प्रतिशतका दरले गुमाएका छन् । बेंक अफ काठमाण्डौ, डिप्रोक्स लघुवित्त, हिमालयन पार्टनर पावर लगायतका शेयरधनीले गुमाएका छन् ।