June 9th, 2016

विहिबारको नेप्सेले तोड्यो ३ रेकर्ड, १ अर्ब ९० करोडको शेयर कारोबार

stock-bull-1साताको अन्तिम दिन शेयर बजारले ३ वटा नयाँ रेकर्ड कायम गरेको छ । नेपाल स्टक एक्सचेन्जमा आजसम्मै धेरै रकम बराबरको शेयर कारोबार भएको छ । बिमा समूहको शेयर आजसम्मकै धेरै अंकले बढेको छ । त्यस्तै, नेप्से परिसूचक आजसम्मकै उच्च विन्दुमा पुगेको छ । 

दिनभरीमा १ सय ३७ वटा कम्पनीको १ अर्ब ८९ अर्ब ९४ करोड रुपैयाँ बराबरका शेयर खरिदविक्रि भएका छन् । नेप्से सुचक १९.९० अंकले बढेर १५६६.७० अंकमा पुगेको छ  बिमा सुचक ५९५.४३ अंकले बढेको छ । बैक र होटल समूहबाहेक सबै समूह बढेका छन् ।
 
नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको २४ करोड आठ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रति कित्ता ४०८ रुपैयाँले बढेर कारोबार भएको छ । कम्पनीको ५४ हजार ७ सय ३५ कित्ता सेयर किनबेच भएको छ । बजारमा एनबी बैंकको १९ करोड ७३ लाख रुपैयाँको किनबेच भएको छ । कम्पनीको दुई लाख ४३ हजार ६०० कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य पाँच प्रतिशतले बढेको छ । नेशनल लाइफ इन्स्योरेन्सको पनि ११ करोड ३८ लाख रुपैयाँको किनबेच भएको छ । प्रभु इन्स्योरेन्सको ७ करोड ३९ लाख रुपैयाँको किनबेच भएको छ ।
 
बजारमा ८ बिमा कम्पनीसहित १२ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।