Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

छिमेक लघुवित्तद्धारा हावाहुरी पिडितलाई आर्थिक सहयोग

२०७६ बैशाख ९ गते

बैंकिङ खबर । छिमेक लघुवित्त वित्तीय संस्थाले हावाहुरी पिडितलाई आर्थिक सहयोग गरेको छ । गत चैत्र १७ गते वारा,पर्सा जिल्लाका विभिन्न ठाउँ आएको विनासकारी टोरनाडो आँधीको कारणले घरवार गुमाउन पुगेका परिवारलाई राहात हुने उद्देश्यले उक्त सहयोग गरेको हो ।
आँधीले क्षतिपुगेका परिवारलाई वित्तीय संस्थाका कर्मचारीहरुले पिडितका घर घरमा पुगी राहत वाँडेका हुन् । लघुवित्त वित्तीय संस्थाकाप्रदेश नं. २ का प्रमुख लालवहादुर यादवको नेतृत्वमा राहत वितरण गरिएको हो ।

वारा र पर्सा जिल्लाका कुल ६ सय ७० परिवारलाई १८ लाख ९० हजार नगद वितरण गरिएको जानकारी वित्तीय संस्थाको जोखिम व्यवस्थापन विभागका प्रमुख दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

Ad