बैंकिङ खबर । आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । ३१.८९ अंकले बढेर १,२६४.२० अंकमा कायम भएको छ । निर्जीवन बीमा समुह र उदपादनमुलक बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै बैंकिङ समुह ४५.९४ अंकले बढेको छ ।
दिनभरिमा १ सय ७१ कम्पनीको ३३ लाख २७ हजार ४ सय ८० कित्ता शेयर १० हजार ५ सय ४६ पटक खरिदविक्री हुँदा १ अर्ब २ करोड ४३ लाख ३४ हजार ९ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको १४ करोडमाथिको कारोबार भएको छ ।
त्यसैगरी एनसीसी बैंक र एनआईसी एशिया बैंकको ४ करोडमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, एनएमबि बैंक, जनता बैंक र माछापुच्छ्रे बैंकको क्रमश ३ करोड भन्दा बढीको कारोबार भएको छ । कुमारी बैंकको २ करोडमाथिको कारो.बार भउको छ ।
नेपाल एसबिआई बैंक, स्वदेशी लघुवित्त, हिमालयन बैंकका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने बेष्ट फाइनान्स र नेपाल सेवा लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ४ प्रतिशतका दर गुमाएका छन् ।