April 19th, 2019

यस साता शेयर बजारमा २ अर्ब ६२ करोड बढीको कारोबार

बैंकिङ खबर । चार दिन खुलेको यो साताको शेयर बजार परिसुचक नेप्समा उच्च वृद्धि भएको छ । साताभर विक्री चाप उच्च हुँदा परिसूचक नेप्सेसँगै कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । शेयर बजारमा यो साता परिसूचक नेप्से ४८ अंक बढीले वृद्धि भयो ।

अघिल्लो साता १ हजार १ सय ८४ दशमलव शुन्य २ अंकमा बन्द भएको बजार यो साताको अन्तिम दिन १ हजार २ सय ३२ दशमलव २६ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १२ अंकले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको नाफा तेस्रो त्रैमासमा उच्च वृद्धि हुने संकेत देखिएपछि लगानीकर्ताले वाणिज्य बैंकहरुको शेयर कारोबार बढाएका छन् । फलस्वरुप वाणिज्य बैंक तर्फ १ अर्ब ७० करोड माथि कारोबार भएको छ । जसले गर्दा परिसूचक नेप्सेमा बढ्दो अवस्था देखिएको हो ।

सातामा चार दिन मात्र कारोबार भएपनि कारोबार रकममा उच्च वृद्धि भएको छ । यो साता २ अर्ब ६२ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव अझै पनि छ । ब्याजदर पनि उच्च छ । तरपनि कारोबार बढेको छ । बैंकहरुको नाफा बढ्ने संकेत देखिए पनि नयाँ तथा साना लगानीकर्ताले कारोबार बढाएको लगानीकर्ताहरुको भनाई छ । जसले गर्दा शेयरको विक्रीचाप भन्दा खरिद चाप बढी देखिइएको छ । यो साता नेप्से बढे पनि समुहगत कारोबार रकममा कमि आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]