April 19th, 2019

आईपीओ निष्काशनको अनुमति पाएको नेपाल एग्रोको नाफा ९१ लाख

बैंकिङ खबर । हालै आईपीओ निष्काशनको अनुमति पाएको नेपाल एग्रो लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९१ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६२ हजार मात्र मुनाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तले नाफामा ठुलो फ्डको मारेको हो ।

कर्जा तथा बचत
समिक्षा अवधिको ९ महिनामा लघुवित्तले १७ करोड २८ लाख ९५ हजार रुपैयाँ बचत संकलन गरी ५८ करोड ३ लाख ३४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बचततर्फ ८३ दशमलव ४६ प्रतिशतले बढेको छ भने कर्जामा ८२ दशमलव ६९ प्रतिशतले वृद्धी भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९ करोड ४२ लाख ३९ हजार रुपैयाँ बचत संकलन गरेको थियो भने ३१ करोड ७६ लाख ५५ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

ब्याज आम्दानी
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले २ करोड ३ लाख ११ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५ दशमलव १७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड १५ लाख ९५ हजार खुद ब्याज आम्दानी गरेको थियो ।

सुचकहरु
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तको खराब कर्जा अनुपात भने बढ्न गएको छ । खराब कर्जा अनुपात ०.४५ प्रतिशतबाट ०.८९ प्रतिशतमा पुगेको छ । कष्ट अफ फण्ड १०.७४ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]