बैंकिङ खबर । हाल १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको वोमी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ४८ लाख ४९ हजार रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ दशमलव ९८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा लघुवित्तले २ करोड ९५ लाख १० हजार रुपैयाँ खुद नाफा गरेको थियो । लघुवित्तको ९ करोड ४१ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ ।
बचत तथा कर्जा
चैत मसान्तसम्म माइक्रोफाइनान्सले ५६ करोड २३ लाख रुपैयाँ बचत संकलन गरी १ अर्ब ६७ करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवभिमा लघुवित्तले ४० करोड २७ लाख रुपैयाँ बचत संकलन गरेको थियो भने १ अर्ब १५ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
खुद ब्याज आम्दानी
चालु आर्थिक वर्षको ९ महिनामालघुवित्तले ९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ५१ दशमलव ७६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
सुचकहरु
निष्कृय कर्जा ०.७६ प्रतिशत, प्रतिशेयर आम्दानी ५९ रुपैयाँ १६ पैसा, मुल्य आम्दानी अनुपात १९.०७ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ९३ रुपैयाँ १३ पैसा छ ।