Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको शेयर निष्काशन

२०७६ बैशाख ६ गते

बैंकिङ खबर । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको शेयर निष्काशन भएको छ । दुवै आयोजनाको औपचारीक शेयर आवेदनको शुरुवात बिहान ९ बजे उर्जा मन्त्रालयबाट भएको छ । उर्जामन्त्री वर्षमान पुन र सभमुख कृष्णबहादुर महराले यी दुवै कम्पनीको शेयरमा आवेदन दिएर शेयर विक्री खुल्ला गर्ने कार्यक्रम छ ।

बैशाख ६ गते देखि छिटोमा बैशाख १० गते र ढिलोमा जेठ ५ गते सम्म शेयर विक्रीमा राखिने दुवै आयोजनाले जनाएका छन् ।

सान्जेन जलविद्युतले १४ दशमलव ८ मेगावाटको माथिललो सान्जेन र ४२ दशमलव ५ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ । लगानी गर्न इच्छुक सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन माग गर्न सक्ने छन् ।

Ad