Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

विश्व बैंकको अध्यक्ष बन्न राष्ट्रपति ट्रम्पले गरेको प्रस्ताव इभान्काद्धारा अस्वीकार

२०७६ बैशाख ६ गते


बैंकिङ खबर । इभान्का ट्रम्पले विश्व बैंकको प्रमुखको जागिर आफूले अस्वीकार गरेको बताएकी छिन् । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी जेठी छोरी हुन् । गत साता स्थानीय पत्रिकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इभान्कालाई बैंकको अध्यक्ष बन्ने प्रस्ताव राखेको बताएका थिए । उनले आफ्नी जेठी छोरी मात्र नभएर इभान्का हिसाबमा निकै राम्रो भएकोले आफूले वल्र्ड बैंकको प्रमुख बन्न सोधेको बताएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको उक्त प्रस्ताव आफुले अस्विकार गरेको उनले पुष्टि गरेकी हुन् ।

इभान्काले ह्वाइट हाउसको सल्लाहकारको कामबाट सन्तुष्ट र खुसी रहेको भन्दै अध्यक्ष पद अस्वीकार गरेको बताएकी हुन् । उनी अहिले अमेरिकी सरकारले महिलाका लागि ल्याएको कार्यक्रम ‘वुमन्ज ग्लोबल डेभलपमेन्ट एण्ड प्रोस्पेरिटी’ को प्रवद्र्धनका लागि इभान्का अहिले अफ्रिकी देशहरुको प्रभणमा छिन् । सोही क्रममा आइभोरी कोष्टमा पुगेर उनले आफु विश्व बैंकको प्रमुख बन्न नचाहेको बताएकी हुन् ।

अमेरिकाले विश्व बैंक अध्यक्षको चयन एकलौटी रुपमा गर्दै आएको छ । एजेन्सी