April 18th, 2019

शेयर बजार दोहोरो अंकले बढ्यो, ७५ करोडमाथिको कारोबार

बैंकिङ खबर । विहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । १५.२२ अंकले बढेर १,२३२.२६ अंकमा कायम भएको छ । हाइड्रो पावर, फाइनान्स, निर्जीवन बीमा समुह र जीवन बीमा समुह बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै बैंकिङ समुह २५.३५ अंकले बढेको छ ।

दिनभरिमा १ सय ६५ वटा कम्पनीको २४ लाख ६४ हजार १ सय ६५ हजार कित्ता शेयर ९ हजार ४१ पटक खरिदविक्री हुँदा ७५ करोड १२ लाख ११ हजार ७ सय ६४ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको ८ करोडमाथिको कारोबार भएको छ । त्यसैगरी प्रभु बैंक र नेपाल बैंकको ४ करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी एनएमबि बैंकको ३ करोडमाथिको कारोबार भएको छ भने छिमेक लघुवित्त, एनआईसी एशिया, सिद्धार्थ बैंक, एनसीसी बैंक, ग्लोबल आईएमई बैंकको २ करोड रुपैया भन्दा बढीको कारोबार भएको छ भने माछापुच्छ्रे बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

नेपाल एसबिआई बैंकको शेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशतका दरले कमाएका छन् भने माउन्टेन हाइड्रो नेपालका शेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]