April 17th, 2019

प्रभु ग्रुपका अध्यक्ष भट्टचन सरकारद्धारा सम्मानित

बैंकिङ खबर । २०५३ सालदेखि बैंकिङ क्षेत्रमा प्रवेश गरेका देवी प्रकाश भट्टचन अहिले प्रभु ग्रुपका अध्यक्ष छन् । नेपालको बैंकिङ क्षेत्रमा महत्वपूर्ण योगदान गरेका कारण उनी सरकारबाट विभुषित भएका छन् । नयाँ वर्षको अवसर पारेर दिइने उक्त सम्मानमा भट्टचन सुप्रवल जनसेवा श्री तृतीयबाट सम्मानीत भएका हुन् । भट्टचन प्रभुबैंकका अध्यक्ष समेत रहेका छन् ।

प्रभु ग्रुपले प्रभु बैंक, आशा लघुवित्त, प्रभु मनि ट्रान्सफर, प्रभु पे, प्रभु इन्स्योरेनस, प्रभु लाइफ इन्स्योरेनस लगायतमा लगानी गरेको छ । दुई दशक लामो बैंकिङ क्षेत्रमा काम गरिसकेका भट्टचन एउटा सफल व्यक्ति हुन् । नेपालका हरेक क्षेत्रमा विकास र आर्थिक समृद्धिको सम्भावना देख्ने भट्टचन वित्तीय क्षेत्रसँगै विभिन्न व्यवसायमा आवद्ध छन् । सबै क्षेत्रमा सम्भावना देख्ने हिम्मत भएकै व्यक्ति भएका कारण भट्टचनले समस्यामा परेका बैंकहरुलाई साथमा लिएर अगाडी बढ्दा समेत सफलता प्राप्त गरे । सम्भावना देख्ने व्यक्ति भएकै कारण उनले प्रभु फाइनान्सलाई प्रभु बैंक बनाउन सफल भए । त्यसैले पनि उनले वित्तीय र व्यवसायिक क्षेत्रबाट मुलुकलाई पु¥याएको योगदानको कदर सरकारले गरेको हुनुपर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]