नेप्से ४.७० अंकले बढ्यो, ३० करोडमाथिको कारोबार

बैंकिङ खबर । सोमबार शेयर बजारमा सामान्य बृद्धि भएको छ । शेयर बजार ४.७० अंकले बढेर १,१८८.७१ अंकमा कायम भएको छ । हाइड्रो पावर, फाइनान्स, निर्जीवन बीमा समुह र अन्य बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै माइक्रोफाइनान्स ४२.४४ अंकले बढेको छ ।

दिनभरिमा १ सय ६५ वटा कम्पनीको ९ लाख ६४ हजार ५ सय ९८ कित्ता शेयर ५ हजार ४ सय ५ पटक खरिदविक्री हुँदा ३० करोड ४५ लाख ७६ हजार ७ सय ८२ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेको इन्स्योरेन्सको २ करोडमाथिको कारोबार भउको छ ।

कुमारी बैंक, एनआईसी एशिया, एभरेष्ट इन्स्योरेन्स, एनएमबि बैंक र प्रभु बैंकको १ करोड भन्दा बढीको कारोबार भएको छ । साना किसान विकास बैंकको ९० लाखमाथिको कारोबार भएको छ । नेपाल बैंकको ८० लाखको कारोबार भएको छ । त्यसैगरी छिमेक लघुवित्त, र नेपाल लाइफ इन्स्योरेन्सको ७० लाखभन्दा बढीको कारोबार भएको छ ।

एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले सबैभन्दा धेरै ७ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी साना किसान विकास बैंक, डिप्रोक्स लघुवित्त, निर्धन उत्थान लघुवित्त, स्वाबलम्बन लघुवित्त, युनाइटेट इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, सिनर्जी पावर, ग्रामीण विकास लघुवित्त, आरएमडिसी लघुवित्त लगायतका शेयरधनीले कमाएका छन् ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा धेरै ६ प्रतिशतका दरले गुमाएका छन् । नाडेप लघुवित्त, विजय लघुवित्त, खानीखोला हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, युनाइटेट फाइनान्स, सगरमाथा इन्स्योरेन्स, अपस् पावर कम्पनी लगायतका शेयरधनीले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *