April 15th, 2019

पाँच लाख भन्दा बढीको शेयर खरिदमा प्यान नम्बर अनिवार्य

बैंकिङ खबर । शेयर बजारमा सोमबार देखी प्यान लागु गरिएको छ । सरकारको बजेट कार्यान्वयन कार्ययोजना अनुसार नेपाल धितोपत्र वोर्डले ५ लाख वा सो भन्दा माथिको शेयर खरिदमा प्यान अनिवार्य गरेको हो ।

बोर्डका अनुसार तत्कालका लागि ५ लाख भन्दा माथिको कारोबारमा प्यान लागु गरिएपछि विस्तारै सबैलाई अनिवार्य प्यान लागु गरिने जनाएको छ । वोर्डले शेयर खरिदमा प्यान अनिवार्य लागु गर्ने योजना बनाएपछि लगानीकर्ता र सरोकारवालाहरुसँगको छलफलपछि तत्कालका लागि ५ लाख भन्दा बढीको कारोबार प्यान लागु गर्ने निर्णय गरेको थियो ।

वोर्डले यसअघि चैत १० गते देखि स्वेच्छिक रुपमा प्यान लागु गरेको थियो । वोर्डका अनुसार दिनभरको कारोबार भन्दा पनि एकपटकको कारोबार ५ लाखको भएमा मात्र प्यान लागु हुने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]