बुधबार नेपाल स्टक एक्सचेन्जमा सवा १ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३४ वटा कम्पनिको १६ लाख ५२ हजार ६ सय ३ट कित्ता शेयर ५ हजार ६ सय २९ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब २९ करोड १ लाख ६ हजार ४ सय ७ रुपैँयाको कारोबार भएको हो । कारोबार रकम मंगलबारको तुलनामा बढी हो । मंगलबार १ अर्ब १४ करोडमाथिको शेयर कारोबार भएको थियो ।
एनबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन जेनेरल इन्स्योरेन्सको शेयरमा लगानीकर्ताको धेरै आकर्षण देखिएको छ । एनबी बैंकको झन्डै साढे १४ करोडको कारोबार हुँदा नेपाल लाइफ र हिमालयनको क्रमशः १घ करोड र १२ करोडमाथिको शेयर कारोबार भएको छ । युनाइटेड इन्स्योरेन्सको ६ करोड ४१ लाख, शिखर इन्स्योरेन्सको ५ करोड ५३ लाख, लुम्बिनी जेनेरल इन्स्योरेन्सको ४ करोड ४२ लाख, प्रभु इन्स्योरेन्सको ४ करोड ३८ लाख, प्रिमियर इन्स्योरेन्सको साढे ३ करोड, सानिमा बैंकको ३ करोड र प्राइम कमर्सियल बैंकको २ करोड ८४ लाख रुपैँयाको कारोबार भएको छ ।
धेरै कमाउने कम्पनिहरुको अथ्रस्थानमा बुधबार पनि ओमी माइक्रोफाइनान्स रहेको छ, जसका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले सम्पत्ति बढाउँदा युनाइटेड इन्स्योरेन्स, ओम डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक र कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमशः ९.९२, ९.८९, ९.७२ र ९.५८ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । प्रभु इन्स्योरेन्स, हिमालयन जेनेरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स लगायतले पनि धेरै कमाएका छन् । गुमाउनेमा पेसिफिक डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक(सीपी), स्वरोजगार लघुवित्त, वेस्टर्न डेभलपकेन्ट बैंक लगायत छन् ।
नेप्से परिसूचक बुधार १५.३१ अंकले बढेर १५४६.८० अंकमा कायम भएको छ । बुधबारको बजार बिमा समूहले बढाएको छ, जसको शेयर ३८७.२ अंकले बढेको छ । उत्पादनमूलक, विकास बैंक, जलविद्युत्, फाइनान्स र वाणिज्य बैंक समूह क्रमशः २५.९४, १०.८३, ९.२३, ३.६ र २.८२ अंकले बढेका छन् । होटल समूह २७.९१ अंकले घट्दा अन्य समूह स्थिर रहेको छ ।