April 12th, 2019

साताको शेयर बजार: औषतमा नेप्से बढ्यो, कारोबार झण्डै ३ खर्ब

बैंकिङ खबर । शेयर बाजरमा यो साता परिसूचक नेप्से बढेको छ । साताको पहिलोदिन १ हजार १ सय ६५ दशमलव २० अंकबाट खुलेको बजार साताभरमा १८ दशमलव ८२ अंकले बढेर १ हजार १ सय ८४ दशमलव ०२ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५ दशमलव शुन्य सात अंकले बढेर २ सय ५३ दशमलव ६४ अंकमा बन्द भएको छ ।

यो साता बजारमा लगानीकर्ताले खरिद चाप बढाएपछि कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । साताभर २ खर्ब ८९ करोड २९ लाख ६५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएपनि बैंक तथा वित्तीय संस्थाको नाफा तेस्रो त्रैमासमा उच्च हुने देखेपछि लगानीकर्ताले शेयरको माग बढाएको देखिन्छ । साताभर लगानीकर्ताको आकर्षण बैंकिङ समुह र बीमा समुहमा देखिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]