साताको अन्तिम दिन नेप्से सामान्य, बजारको ट्रेन्डलाई लगानीकर्ताको दुई थरि बुझाई

बैंकिङ खबर । साताको अन्तिम दिन नेप्से सामान्य अंकले घटेको छ । क वर्गका कम्पनीहरु मापन गर्ने सेंसीटिभ इन्डेक्स झिनो अंकले बढेको छ । कुल १७० कम्पनीहरुको १२ लाख ५१ हजार २ सय ४१ कित्ता शेयर किनबेच भएका छन् । बिहिबार ०.५९ अंकले घटेको बजारमा ३९ करोड ६४ लाख २१ हजार माथि कारोबार भएको छ । बजार खुलेको करिब १ घण्टा केहि खरिद चाप देखिए पनि त्यस पश्चात बिक्रि चाप नै बढी देखियो । कारोबारको अन्तिम समय केहिमात्रामा खरिद चाप देखिए पनि बजारलाई बढाउन पर्याप्त देखिएन ।

कारोबार भएका उपपरिसुचकहरु बैंकिङ, विकास बैंक, जलविद्युत, नन लाइफ इन्स्योरेन्स, माइक्रो फाईनान्स तथा लाइफ इन्स्योरेन्स बढेका छन् भने होटेल, फाइनान्स, उत्पादन तथा प्रशोधन र अन्य समूह घटेका छन् । बजारको पछिल्लो उतार चढाव बारे लगानीकर्ताहरुको मिस्रित धारणा देखिएको छ । एक थरि लगानीकर्ता बजारमा लगानीको उचित समय रहेको भनाइ राख छन् भने अर्को थरि बजारमा अझै केहि सप्लाई प्रेशर देखिने केहि उदाहरण प्रस्तुत गर्छन । अझै केहि जलबिद्युतको आइपीओ सुचिकृत हुन बाँकी रहेको तथा हकप्रदहरु पूर्ण रुपमा बजारमा आइ नसकेको हुदा त्यसको बिक्रि चाप देखिने धारणा व्यक्त गर्दछन् ।

कारोबार रकमको आधारमा कुमारी बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, नेपाल बैंक, प्रभु बैंक अगाडी देखिएका छन् । बिहिबार सर्वाधिक कमाउने तर्फ एभरेष्ट इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स रहेका छन् । धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रदलाई स्वीकृति प्रदान गरेसंगै यसको मूल्य करिब १० प्रतिशतले बढेको हो ।

यस साता मंगलबार १० अंकले बजार घटेको थियो भने बाँकी दिन सकारात्मक रह्यो । घलेम्दी हाइड्रो, जानकी फाइनान्स, युनिलिभर नेपाल, भार्गव विकास बैंक लगायत कम्पनीहरुको शेयर मूल्य घटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *