Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुको फागुन सम्मको क्षेत्रगत कर्जा विवरण, औषत भारित व्याजदर कति ?

२०७५ चैत्र २६ गते

बैंकिङ खबर । वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको फागुन मसान्त सम्मको भारित औषत कर्जादर १२ दशमलव २९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कर्जाको भारित औषत दर ११ दशमलव ९६ प्रतिशत रहेको थियो । बैंकहरुले चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा सबैभन्दा धरै कर्जा थोक तथा खुद्रा ब्यापारको क्षेत्रमा प्रवाह गरेका छन् भने सबैभन्दा कम स्थानिय सरकारले लिएको कर्जा छ ।
चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा सबैभन्दा धेरै कर्जाको औषत व्याजदर अन्य क्षेत्रमा बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले छुट्याएको १५ वटा क्षेत्रभन्दा बाहेकको कर्जालाई अन्यमा समावेश गरिएको छ । कर्जाको व्याजदर पनि स्थानिय सरकार शिर्षक अन्तर्गत सबैभन्दा कम रहेको छ । जसको व्याजदर ४ दशमलव शुन्य १ प्रतिशत मात्र रहेको छ ।

(स्रोत : नेपाल राष्ट्र बैंक )

Ad