बैंकिङ खबर । बिहीवार शेयर बजार समान्य अंकले घटेको छ । शेयर बजार ०.६४ अंकले घटेर १,१६५.२० अंकमा कायम भएको छ । बेंकिङ, फाइनान्स, निर्जीवन बीमा समुह र उत्पादनमुलक बाहेक सबै उपसचक घटेका छन् । सबैभन्दा धेरै होटल समुह २३.४८ अंकले घटेको छ ।
दिनभरिमा १ सय ७२ कम्पनीको १७ लाख ६७ हजार ७ सय कित्ता शेयर किनबेच भएको छ । ६ हजार ८ सय ७१ रुपैंयाको कारोबार हुँदा ४२ करोड ३४ लाख ९२ हजार ६ सय ६३ रुपैयाँको कारोबार भएको छ । एनआइसी एशिया बैंकको सबैभन्दा धेरै ४ करोड ७१ लाख ८० हजार ६ सय ९० रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी एनसीसी बैंक र सिभिल बैंकको २ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल बैंक, माछापुच्छ्रे बैंक, जनता बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, शिवम् सिमेन्ट, अपर तामाकोशी हाइड्रो पावरको १ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।
सिन्धु विकास बैंक र भार्गव विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशका दरले कमाएका छन् । सौर्यदय लघुवित्त, जानकी फाइनान्स, नविल समृद्धि फण्ड, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, राधि विद्युत कम्पनी, गुडविल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक लगायतका शेयरधनीले कमाएका छन् ।
युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९ प्रतिशतका दरले सबैभन्दा धेरै गुमाएका छन् । राष्ट्रिय बीमा कम्पनी, कालिका लघुवित्त, कन्काई विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, किसान माइक्रोफाइनान्स, नागवेली लघुवित्त आइएमई जनरल इन्स्योरेन् लगाउयतका शेयरधनीले गुमाएका छन् ।