बैंकिङ खबर । कम्पनीको तर्फबाट तलबी कर्मचारीको रुपमा निश्चित कमिसनका आधारमा बिमकको तर्फबाट बिमित सक्षम गई प्रवद्र्धन कार्य गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । बीमा अभिकर्ताको न्युनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको उतिर्ण गरेको हुनुपर्दछ । यस्ता व्यक्तिले जो कोही पनि बीमा अभिकर्ता बन्न सक्छन् तर त्यसका लागि उक्त व्यक्तिले बीमा समीति वा सम्बन्धित बिमकले सञ्चालन गरेको बीमा अभिकर्तासम्बन्धी तालिम लिएको हुनुपर्दछ ।
बीमा अभिकर्ताहरुले प्रत्येक बर्षको चैत्र मसान्तसम्ममा आफनो इजाजत पत्र नविकरण गरिसक्नुपर्नेछ । बीमा ऐन २०४९ अनुसार उक्त अवधि भित्रमा नविकरण नगरेमा समितिले इजाजत पत्र खारेज गर्न सक्छ ।
बीमा नियमावली अनुसार बीमा अभिकर्ताले आफ्नो इजाजतपत्र नविकरण गराउनको लागि २ सय रुपैयाँ संलग्न राखी समितिको कार्यलयमा निवेदन दनुपर्नेछ । यसरी निवेदन प्राप्त भएमा समितिले बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्ने छ ।
समयअवभि भित्रै बीमा अभिकर्ताले आफ्नो इजाजतपत्र नविकरणको लागि निवेदन दिन नसकेमा कारण खुलाई समितिको कार्यलयमा निवेदन पेश गर्नुपर्ने हुन्छ ।
अभिकर्ताले दिएको निवेदन उचित लागेमा समितिले नविकरणको म्याद नाघेको पहिलो २ महिनासम्मको लागि १ सय रुपैयाँ र त्यसपछिको चार महिनासम्मको लागि प्रति दिन ५ रुपैयाँ थप दस्तुर लिई बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्नेछ । थप दस्तूर लिई बढीमा ६ महिनाको म्याद थप गरिदिन सक्नेछ ।
कुनै बीमा अभिकर्ताले आफनो इजाजत पत्र नवीकरण नगराएमा बीमालेख लिनेको हक हित विरुद्ध वा ऐन अन्र्तगत बनेको नियम विपरित कुनै काम गरेको छ भन्ने कुरामा समिति विश्वस्त भएमा समितिले त्यस्ता बीमा अभिकर्ताको इजाजत पत्र खारेज गर्न सक्नेछ ।



