बैंकिङ खबर । बुधबार शेयर बजार समान्य अंकले बढेको छ । शेयर बजार २.०१ अंकले बढेर १,१६५.८४ अंकमा कायम भएको छ । बेंकिङ र विकास बैंक बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै होटल समुह १५.८१ अंकले घटेको छ ।
दिनभरिमा १ सय ७० कम्पनीको २० लाख ४४ हजार ४१ कित्ता शेयर किनबेच भएको छ । ७ हजार एक सय रुपैयाँको कारोबारबाट कुल ५३ करोड ९३ लाख २९ हजार ७ सय ३३ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एशिया बैंक र एनसीसी बैंकको ४ करोडमाथिको कारोबार भएको छ ।
त्यसैगरी नेपाल बैंक र एनएमबि बैंकको २ करोडमाथिको कारोबार भएको छ । प्राइम कमर्सियल बैंक, सिभिल बैंक, नेपाल बङलादेश बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकको १ करोडभन्दा बढीको कारोबार भएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा धेरै ४ प्रतिशतका दर कमाएका छन् । कन्काई विकास बैंक, लक्ष्मी इक्यिुटी फण्ड, स्वदेशी लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंक, साइन रेसुङगा डेभलपमेन्ट बैंक, खाँनीखोला हाइड्रोपावर, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई लघुवित्त लगायतकका शेयरधनीले कमाएका छन् ।
सबैभन्दा धेरै युनिभर्सल पावरका शेयरधनीले ९ प्रतिशतका दरले गुमाएका छन् । सिन्धु विकास बैंक, घलेम्दी हाइड्रो, हिमालयन पावर पार्टनर, सपोर्ट माइक्रोफाइनान्स, समिट माइक्रोफाइनान्स लगायतका शेयरधनीले गुमाएका छन् ।