Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजार दोहोरो अंकले बढ्यो, ८६ कम्पनीका शेयरधनीले कमाए

२०७५ चैत्र १९ गते

बैंकिङ खबर । मङगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । १३.७२ अंकले बढेर १,१६३.४७ अंकमा कायम भएको छ । हाइड्रोपावर र निर्जीवन बीमा समुह बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ३८.८६ अंकले बढेको छ ।

दिनभरिमा १ सय ६९ कम्पनीको १८ लाख ९३ हजार ८५ कित्ता शेयर किनबेच भएको छ । ६ हजार ८ सय २३ रुपैयाँको कारोबारबाट कुल ५० करोड ८ लाख ७४ हजार ७ सय ३८ रुप्रयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनसीसी बैंकको ४ करोडको कारोबार भएको छ भने एनआईसी एशिया बैंकको ३ करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी, एनएमबि बैंक, नेपाल बङलादेश बैंक र प्रभु बैंकको २ करोड रुपैयाँ भन्दामाथिको कारोबार भएको छ । प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक र सिभिल बैंकको क्रमशः एक करोड रुप्रयाँ भन्दा बढीको कारोबार भएको छ ।

भार्गव विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी इक्यिुटी फण्ड, एस्नएमबि हाइब्रिट फण्ड, पोखरा फाइनान्स, जेविल्स फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, एनआईसी एशिया बैंक, राधि विद्युत कम्पनी, रिलायन्स फाइनान्स र कुमारी बैंक लगायतका शेयरधनीले कमाएका छन् ।

युनिभर्सल पावरका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् । कञ्चन डेभलपमेन्ट बैंक, युनाइटेट फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, अरुण भ्याली हाइड्रो, साङग्रिला डेभलपमेन्ट बैंक, नाङदी ग्रुप, उन्नती माइक्रोफाइनान्स लगायतका शेयरधनीले गुमाएका छन् ।

Ad