June 7th, 2016

मंगलबारको शेयर बजार : एनबी र सानिमा बैंकमा मात्रै उर्लिए लगानीकर्ता

economicमंगलबार नेपाल स्टक एक्सचेन्जमा १ अर्ब १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३३ वटा कम्पनिको १६ लाख ६० हजार ९ सय ६७ कित्ता शेयर ५ हजार ५ सय ९८ पटक खरिदविक्रि हुँदा १ अर्ब १४ करोड ५५ लाख ७५ हजार ४ सय १५ रुपैँयाको कारोबार भएको हो । कारोबार रकम सोमबारको तुलनामा थोरै कम हो । सोमबार १५ करोडमाथिको कारोबार भएको थियो । 

एनबी बैंक र सानिमा बैंकको शेयरमा लगानीकर्ताको अत्याधिक आकर्षण देखिएको छ । एनबी बैंकको २८ करोड ९२ लाख ३६ हजार २ सय ६८ रुपैँयाको शेयर कारोबार हुँदा सानिमा बैंकको १० करोड ७३ लाख ३ हजार ९ सय ३३ रुपैँयाको कारोबार भएको छ । त्यस्तै, प्राइम कर्सियल बैंकको ४ करोड ८२ लाखमाथिको शेयर कारोबार भएको छ । हिमालयन जेनेरल इन्स्योरेन्स, सिटिजन्स बैंक, युनाइटेड इन्स्योरेन्स र मेगा बैंकको ३ करोडमाथिको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेनस, लुम्बिनी जेनेरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स लगायतको २ करोडमाथिको शेयर कारोबार भएको छ । 

ओमी माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । एभरेष्ट इन्स्योरेन्स, एनबी बैंक, कसमस डेभलपमेन्ट बैंक, सानिमा बैंक लगायतले पनि कमाएका छन् । गुमाउनेमा पेसिफिक डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक लगायत छन् । 

कारोबार रकम थोरै ओरालो लागेपनि नेप्से परिसूचक भने १४.६९ अंकले बढेर १५३१.४९ अंकमा कायम भएको छ । बिमा, वाणिज्य बैंक र विकास बैंक समूहले बजार बढाएका छन् । सबैभन्दा धेरै बिमा समूह ८८.९३ अंकले बढेको छ भने वाणिज्य बैंक र विकास बैंक क्रमशः १६.९७ र १०.८७ अंकले बढेका छन् । फाइनान्स र अन्य समूह क्रमशः ४.९२ र ५.८८ अंकले बढ्दा होटल र जलविद्युत् क्रमशः ३२.९४ र १४.२८ अंकले घटेका छन् । उत्पादनमूलक समूह भने स्थिर रहेको छ ।