Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेपाल एग्रो लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७५ चैत्र १९ गते

बैंकिङ खबर । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय पोखराले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न वित्तीय चेजता सम्बिन्धी ज्ञान प्रवाह गराएको थियो ।

कार्यक्रममा उपस्थित केन्द्र प्रमुखहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवा सुविधा, कर्जा सदुपयोगिताको महत्व, सदस्यता दोहोरोपनाले पार्ने असर तथा लघुवित्त वित्तीय संस्थाहरुले समाजमा पारेको सकारात्मक तथा नकारात्मक असरहरु, कृषिमा वित्तीय संस्थाको लक्ष्य, बचतको महत्व आदीबारे वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले स्पष्ट पारेका थिए ।

त्यसै गरि लघुवित्त वित्तीय संस्थाले महिला सशक्तिकरण तथा गरीवी निवारणमा सहायोग गर्ने, विना धितो कर्जा लागानी गरी स्वरोजगार तथा उद्यमी बन्न प्रोत्साहन गर्ने, बचत गर्ने बानीको विकास गर्ने विषय तथा केन्द्र प्रमुखका काम कर्तब्य तथा अधिकार, केन्द्रको दायित्व, सामुहिक जिम्मेवारी जस्ता विषयमा सोहि वित्तीय संस्थाका विभागीय प्रमुख नयन देवकोटाले जानकारी गराएका थिए ।

वित्तीय संस्थाले कृषि पशुपालन, व्यापार तथा व्यवशायीक क्षेत्रमा लगानी गरि महिला सदस्यहरुलाई उद्यमी बनाएको र अझ थप उद्यमी सिर्जना गरि युवा शक्ति विदेश जानबाट रोक्न सकिने अहम भुमिका खेलेको कार्यक्रमका अतिथि विवेक श्रेष्ठले आफ्नो सम्वोधनको क्रममा बताए ।

कार्यक्रममा उत्कृष्ठ केन्द्रहरुलाई प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना गरि चारवटा केन्द्रहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

हालसम्म संस्थाले १ हजार १ सय १८ जना सदस्य समुहमा आवद्ध गराएको छ । शाखामा आवद्ध भएका सदस्यहरुले १ करोड साठी लाख बचत संकलन गरेको तथा शाखाको तर्फबाट ४ करोड १२ लाख लगानी रहेको संस्थाले जनाएको छ ।

Ad