Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजार सामान्य अंकले घट्यो, बढ्ने भन्दा घट्ने कम्पनी धेरै

२०७५ चैत्र १७ गते

बैंकिङ खबर । आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । ०.९१ अंकले घटेर १,१४३.५९ अंकमा कायम भएको छ । बैंकिङ, उत्पादनमुलक र अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ५२.९३ अंकले घटेको छ ।

दिनभरिमा १ सय ६५ वटा कम्पनीको ९ लाख ५० हजार ६ सय ४३ कित्ता शेयर किनबेच भए । जसमध्ये ५ हजार ७ सय ७७ कारोबार संख्याबाट कुल २६ करोड ६६ लाख ६ हजार ८ सय १० रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै बैंक अफ काठमाडौंको २ करोड १२ लाख ४३ हजार ५ सय ८० रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी प्रभु बैंक र शिवम् सिमेन्टको १ करोडमाथिको कारोबार भएको छ । नागरिक लगानी कोष, एनआईसी एशिया बैंक र अपर तामाकोशी हाइड्रोपावरको ९० लाखमाथिको कारोबार भएको छ । नविल बैंकको प्रोमोटर शेयरतर्फ ७० लाखको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ६१ लाखभन्दा बढी, एभरेष्ट बैंक र सिटिजन्स बैंकको ५० लाखको कारोबार भएको छ ।

अरुण कावेली पावरका शेयरधनीले सबैभन्दा धेरै ४ प्रतिशतका दरले कमाएका छन् । मल्टिपर्पज फाइनान्स, सिटी एक्सप्रेस फाइनान्स, सिनर्जी हाइड्रो, भार्गव विकास बैंक, खाँनीखोला हाइड्रोपावर, हिमालय डिस्टीलरी, शिखर इन्स्योरेन्स लगायतका शेयरधनीले कमाएका छन् ।

युनिर्भसल पावरका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् । राधि विद्युत कम्पनी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, रिडी हाइड्रोपावर, सिभिल लघुवित्त, राष्ट्रिय बीमा कम्पनी, मञ्जुश्री फाइनान्स लगायतका शेयरधनीले गुमाएका छन् ।

Ad